तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो ऐना हेरी आफैसंग प्रश्न सोध्न डर लाग्यो
तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो ऐना हेरी आफैसंग प्रश्न सोध्न डर लाग्यो जिन्दगीको लामो यात्रा संगै गर्छु भन्नेले तिमीसंगै हाँसी खुशी संगै मर्छु भन्नेले जिन्दगीको लामो यात्रा संगै गर्छु भन्नेले तिमीसंगै हाँसी खुशी संगै मर्छु भन्नेले दोबाटोमा छाडीदियौ एक्लै हिड्न कर लाग्यो ऐना हेरी आफैसंग प्रश्न सोध्न डर लाग्यो मुटुभित्र बास मागी मन डढाउनेले थाहै नदिई कलेजीमा छुरा चलाउनेले मुटुभित्र बास मागी मन डढाउनेले थाहै नदिई कलेजीमा छुरा चलाउनेले हास्दै बिदा मागीदियौ जाऊ भन्नै कर लाग्यो ऐना हेरी आफैसंग प्रश्न सोध्न डर लाग्यो स्मृतिका छाल छाडी टाढा गईदिनेले आँखाभरी आँसु दिई पराई भैदिनेले स्मृतिका छाल छाडी टाढा गईदिनेले आँखाभरी आँसु दिई पराई भैदिनेले हृदयको घाऊ दियौ सुम्सुम्याउनै करलाग्यो ऐना हेरी आफैसंग प्रश्न सोध्न डर लाग्यो तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो ऐना हेरी आफैसंग प्रश्न सोध्न डर लाग्यो
最新の活動
