LetraAlphabiram

albatross

Última actualización realizada el: 8 de enero de 2020

तिमिले के सुन्यौ? के बुझ्यौ? के गर्यौ? तिम्रो जीवन तिम्रो लक्ष्य, यात्रा तिम्रो कहाँ गयो? समस्या तिम्रो त्यो मेरो यो किन हो?

बुझ्छन अरु, बुझ्दिन म, बुझाउदैनन किन हो? समय आयो, समय गयो म यहाँ तिमी कहाँ रहस्य के हो यो भाग्य मेरो हो या तिम्रो? आकाशमा जुन तारा सारा यी समस्या मेरा लक्ष्य म यहाँ तिमी कहाँ छोटो समयको लामो यात्रा तिमिले के गर्यौ? के सोच्यौ? के पायौ? यो होला, त्यो होला भन्दै किन अल्झिरह्यौ? समस्याको डरले हामी सधै किन तर्सिरह्यौ? प्रश्नहरू धेरै हुन्छन जवाफहरु भेटदैनौ समय आयो, समय गयो म यहाँ तिमी कहाँ रहस्य के हो यो भाग्य मेरो हो या तिम्रो? आकाशमा जुन तारा सारा यी समस्या मेरा लक्ष्य म यहाँ तिमी कहाँ छोटो समयको लामो यात्रा भावनामा डुल्ने तिमी, भावनामा डुल्ने म कल्पनाको संसार सधै किन अधुरो छ? प्रश्न नगर मसंग जवाफ कसले पो दिनै सक्छ र? म अझै सम्झन्छु हाम्रा ती संघर्षहरु अन्त्यमा केही नपाएता पनि खुसी थियौ हामिहरु आकाशमा जुन तारा कहिले होला समस्या टाढा? लक्ष्य कहिले होला मेरो साथमा? छैन म अरुको आशमा आकाशमा जुन तारा सारा यी समस्या मेरा लक्ष्य म यहाँ तिमी कहाँ छोटो समयको लामो यात्रा आहा आकाशमा जुन तारा आहा आकाशमा जुन तारा आहा आहा आहा आहा आहा आहा

  • 1

Últimas actividades

Sincronizada porDevraj Shrestha

One place, for music creators.

Get early access